महोत्तरीको क्वारेन्टिनबाट ३ भारतीय नागरिक फरार


जनकपुरधाम । महोत्तरीको क्वारेन्टिनमा रहेका ३ जना फरार भएका छन् ।

महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर १ बखरीस्थित रामानन्द विशेश्वर महेन्द्र क्याम्पसमा रहेको क्वारेन्टिनबाट ३ जना बुधबार बिहान फरार भएका हुन् । सोमबार क्वारेन्टिनमा राखिएका उनीहरु बुधबार बिहान साढे ५ बजे फरार भएको स्वास्थ्य शाखाका अधिकृत सञ्जयकुमार शर्माले जानकारी दिए ।

क्वारेन्टिनबाट भागेकाहरु भारतको सितामढी निवासी २१ वर्षीय, ३० वर्षीय र ३९ वर्षीय पुरुषहरु रहेको उनले बताए । २४ औँ घण्टा २ जना सुरक्षाकर्मी र नगर प्रहरीको निगरानीमा रहदैँ आएको सो क्वारेन्टिनबाट योजना तरिकाले उनीहरू भागेको उनले बताए ।

क्वारेन्टाइनबाट ३ जना फरार भएपछि बाँकी १८ जनामाथि कडा निगरानी बढाइएको छ । फरार भएका सहित मंगलबारसम्म त्यहाँ २१ जना क्वारेन्टाइनमा बस्दै आएका थिए । फरार भएकाहरुको खोजी कार्य तिव्ररुपमा जारी रहेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।

प्रकाशित : २०७७ बैशाख २४, बुधबार २१:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ