सप्तरीमा हाती अाक्रमणबाट जानकी मगरको मृत्यु


सप्तरी । अरुण अनिल साह सप्तरीको शम्भुनाथ नगरपालिका २ भलुवाहीकी ३८ वर्षीया जानकी मगरको ताही अाक्रमणबाट मृत्यु भएको छ । बुधबार राती एक बजे बस्तीमा हाती अाएको थाहा पाएपछि श्रीमान् पेसल मगरसँग घरबाट बाहिर भाग्ने क्रममा हातीले लछारपछार गरी घाइते बनाएपछि उपचारका लागि राजविराज पुर्याउने क्रममा बाटोमै मृत्यु भएको हो ।

भने श्रीमान् पेसल भाग्न सफल भएको स्थानीय उज्वल रहपालले बताए । जानकीको ३ छोरी र १४ वर्षका एक छोरा छन् । अामाको मृत्यु भएपछि ससाना छोराछोरीहरुको अबस्थामा बिचल्ली हुने भएको छ । भने भलुवाही वस्तीनै पुरै शोकमा डुबेको छ ।

तीन वर्षदेखि यो क्षेत्रमा ७/८ वटा हाती बेवारिसे अबस्थामा रहेको कुरा स्थानीय प्रशासनलाई पटकपटक जानकारी गराएपछि एक वर्ष अगाडि सिडियो र एसपी सहितको टोलीले स्थलगत रिनिक्षण गरेका थिए । स्थानीय अगुवा बाबुराम घिमिरे भन्छन्,´अास्वान मात्र भेटियो तर, समयमा कुनै पनि व्यवस्था भएन । अाज मान्छे मारेको छ ।

यसको जिम्मेवार कसले लिने ?` उनले मृतकको परिवारको उचित क्षतिपूर्ति माग गर्दै थपे,´परिवारको बिचल्ली भएको छ । जानकीले गाउँलेलाई धेरै सहयोग गर्थ्यो उसको मृत्युमा पुरै वस्ती शोकाकुल छ ।`

प्रकाशित : २०७७ बैशाख २५, बिहीबार १०:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ