नि:शुल्क भोजनको कार्यक्रम स्थगीत


जनकपुरधाम । कोरोना भाईरसको सन्त्रासको समयमा सरकारले गरेको लकडाउनबाट गरिव तथा विपन्न परिवारहरुको अवस्था गम्भीर भइरहदा धनुषाको लक्ष्मीनिया गाउपालिकामा सुरु गरिएको निशुल्क भोजनको कार्यक्रम वार्ड अध्यक्षको दवावमा वन्द गरिएको खुलासा भएको छ । लक्ष्मीनिया गाउपालिका वार्ड नं ५ सपही र बनीनिया गरि दुइटोलमा एक साथ स्थानिय श्रवणकुमार साहको अगुवाईमा सुरु गरिएको निशुल्क भोजनको कार्यक्रम लक्ष्मीीनया गाउपालिका वार्ड नं ५ का अध्यक्ष फुलगेन यादवको दवावको कारण निशुल्क भोजनको कार्यक्रम पाच दिन पनि नचल्दै वन्द भएको वताइएको छ ।

स्थानियवासीहरुको सहयोग र सोहि ठाउका युवाहरुको प्रयासमा गाउपालिकाको वार्ड नं ५ मा पर्ने दुइ टोल सपही र बनीनियामा सुरु गरिएको निशुल्क भोजनको कार्यक्रममा दुवै टोल गरि पाचसय जना प्रभावितले भोजन गर्दै आएको निशुल्क भोजन कार्यक्रमका अगुवा श्रवण कुमार साहले वताए । कोरोना भाईरसको महामारीको समयमा सरकारले लागु गरेको लकडाउनबाट प्रभावित भएका जनतालाई सहयोग गर्ने अभिप्रायका साथ वैशाख १४ गते देखि दुवै टोलमा विहान र साझ गरि दुइ समय निशुल्क भोजनको व्यवस्था गरिएको थियो ।

स्थानियवासी साहका अनुसार वैशाख १४ गते देखि चलेको निशुल्क भोजन सोहि टोलका वार्ड अध्यक्ष फुलगेन यादवले आफुहरुलाई धाकधम्की दिदै कार्यक्रम वन्द गराएको वताए . कार्यक्रम वन्द गराउनका लागि लिखितरुपमा दिनुपर्ने भनि वार्ड अध्यक्षलाई भन्दा आज भोली गर्दै हप्तौ सम्म पर्खाएर पनि अहिले सम्म वन्द गराउन लिखितरुपमा नदिएको साहले वताउदै निशुल्क भोजनको कार्यक्रम वन्द नगरे जे पनि गर्न सक्ने धाकधम्की दिएपछि वाध्य भएर कार्यक्रम वन्द गर्नुपरेको वताए ।

वार्ड अध्यक्ष यादवले २ सय पचास घरपरिवारलाई राहत वितरण गरेको तर उनले वितरण गरेको टोलबाट सय घर परिवारमात्र निशुल्क भोजन लिन आएकोले राहत वितरणमा भ्रष्टाचार भएको आंशका समेत साहले व्यक्त गरेका छन ।यस्तो लकडाउनको समयमा वार्डबासीलाई निशुल्क भोजन उपलव्ध गराएकोमा धन्यवाद दिनु काहा हो काहा उल्टै निशुल्क भोजनको कार्यक्रम नै वन्द गराएर सवै प्रभावितलार्ई झन समस्या वढाएको साहको आरोप रहेको थियो ।

प्रकाशित : २०७७ बैशाख २५, बिहीबार २२:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ