आज देशका विभिन्न स्थानमा मौसम बदली भई पानी पर्ने सम्भावना रहेको छ


काठमाडौं। आज देशका विभिन्न स्थानमा मौसम बदली भई पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

महाशाखाका अनुसार पश्चिमी र स्थानीय वायुको प्रभावले देशका केही स्थानमा बदली भई मेघगर्जनसहित पानी पर्ने साम्भावना रहेको छ ।

आज देशको पूर्वी भू भागमा बदली भई मेघगर्जन र चट्याङ्ग सहित पानी पर्ने समभावना रहेको छ ।

त्यस्तै मध्य र पश्चिमका केहि स्थानमा पनि हल्का पानी पर्ने समभावना रहेको छ । आज राति पनि मध्य र पश्चिमका पहाडी भू भाग र पुर्वी भू भागका स्थानमा बदली भई पानी पर्ने महाशाखाले जनाएको छ।

प्रकाशित : २०७७ बैशाख २६, शुक्रबार ०९:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ