अनलाईन कविता प्रतियोगिता हुँँदै


जनकपुरधाम ।  हाम्रो गौरव हाम्रो प्रदेश-२ नामक समुहको अहवानमा नेपाल भरी अनलाईन कबिता प्रतियोगिता हुनेभएको छ । बिश्वब्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड-१९ लाई लक्षित गरि साहित्य क्षेत्रमा बिशेष रुचि राख्ने युवाहरूका लागि कबिता प्रतियोगिता हुदैछ ।

प्रतियोगिताको सुरुवात यहि मई ८ तारिखबाट सुरु भैसकेको छ । आ-आफ्नो ठाउँ बाटै जुन सुकै भाषामा समेत समसामयिक भाषामा कविता रचना गरि भिडियो आयोजकलाई पठाउनु पर्नेछ । सो को नतिजा जेठ १६ गते सार्वजनिक गरिने कार्यक्रम सयोजक बिद्यापति ठाकुरले बताउनु भयो ।

आयोजकका अनुसार बिजेता प्रथम दित्तिय तृतीय लाई आकर्षक पुरस्कारको समेत ब्यवस्था गरिएको समेत बताईएको छ ।

यो अनलाइन नेपाल कविता प्रतियोगितामा, कुनै पनि नेपाली नागरिक सजिलै सहभागी हुनसक्नेछ र उल्लेखित व्हाट्सएप नम्बरमा तपाई कविताको भिडियोहरू पठाउनु सक्नुहुनेछ ।

प्रकाशित : २०७७ बैशाख २७, शनिबार ११:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ