प्रहरीमाथि हातपात गर्ने ४ चिनियाँलाई १० दिन थुनामा राख्‍न अनुमति


काठमाडौं । प्रहरीमाथि हातपात गर्ने चार जना चिनियाँ नागरिकलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयले अनुमती दिएको छ । 

लकडाउनको समय र निषेधित क्षेत्रको प्रर्दशन रोक्न खोज्दा चिनियाँ प्रहरीमाथी आक्रमण गरेका थिए । 

सो क्रममा डीएसपीसहित दुई प्रहरी घाइते भएका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले म्याद थप भएसंगै थप अनुसन्धान जारी रहेको बताए । 

प्रकाशित : २०७७ बैशाख २८, आईतवार १५:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ