Breaking- थप १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२० पुग्यो


काठमाडौं ।  कोरोना भाइरस संक्रमितको संख्या थप भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना पुष्टि भएकाहरुको संख्या १२० पुगेको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंको प्रयोगशालामा गरिएको परीक्षण अनुसार नयाँ पुष्टि भएको संख्या १० जना रहेको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

उनीहरु कपिलवस्तु, यशोधरा गाउँपालिका ५ र बुद्धभूमि गाउँपालिका ७ निवासी १८, १९, २०, २०, २४, ३०,३१, ३४,३४ वर्षीय पुरुषहरु र १ जना उमेर नखुलेका पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए ।

प्रकाशित : २०७७ बैशाख २९, सोमबार ०८:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ