दैनिक ज्यालादारीमा काम गर्ने बिपन्न परिवारलाई निशुल्क भोजन


जनकपुरधाम । कोरोना संकटको कारण दैनिक ज्यालादारीमा काम गर्ने बिपन्न परिवारलाई समस्या भएपछि रतनचौकमा निशुल्क भोजन सुरु भएको छ ।

जनकपुरउपमहानगरपालिका वार्ड न. १३ रतनचौकमा सोमबार देखि निशुल्क भोजन खुवाउने कार्य सुरु भएको छ ।

जनकपुर युवा बिकास समितिले सोमबार देखि निशुल्क भोजन शिबिर सन्चालनमा ल्याएको छ । निस्शुल्क भोजन कार्यक्रमका संयोजक रोशन मण्डलले कोरोना नियन्त्रणका लागि अपनाइएको लकडाउनको कारण कोही भोकै बस्न नपरोस् भनेर निशुल्क भोजन खुवाउन थालिएको बताए ।

‘दैनिक एक छाक भोजन गराउदा गरिब तथा बिपन्न परिवारलाई केही भएपनि राहत हुने उद्देश्यले निशुल्क भोजन कार्यक्रम सुरु गरिएको हो, सुरुको दिनमा दुई सयजना घरपरिबारले भोजन ग्रहण गरेको छ ।आउने दिनमा बढने पनि सक्ने बताए ।बि.एस एनसँग भने ।
भोजन खुवाउने जिम्मा भने जनकपुर युवा बिकास समितिका विभिन्न साथीहरु लिएका छन् ।

सरकारले भने अनुसार कोरोना भाइरस नियन्त्रणका लागि लागु गर्नुपर्ने दुरी खाना बनाउने काम भएको र भोजन समेत सोही अनुसार बितरण गरिएको उनले जानकारी दिए ।

जनकपुरउपमहानगरपालिका वार्ड न. १३का वाडा अध्यक्ष शुभनारायण, समितिका अध्यक्ष जितेन्द्र पासमान र वार्ड न. १३का दाताहरुको सहयोगमा सन्चालन गरिएको समितिका संयोजक मण्डलले बताए ।

प्रकाशित : २०७७ बैशाख २९, सोमबार २३:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ