नेपाल र भारतका गरी झण्डै १ हजार नागरिक आ–आफ्नाे देश फर्कँदै


बाँके। नेपाल र भारतका गरी झण्डै एक हजार नागरिक आ–आफ्नो देश फर्कने भएका छन् ।

भारतको नानपारा क्वरेण्टीनमा रहेका सहित पाँच सय बढी नेपाली नेपालगञ्ज नाका भएर स्वदेश फर्किँदै छन् । यसैगरी बाँकेका विभिन्न क्वरेण्टीनमा रहेका, इँटाभट्टामा कार्यरत र अन्य काम विशेषले आएका पाँच सय बढी भारतीय नागरिकलाई पनि भारत पठाउन लागिएको छ ।

भारतीय नागरिकहरु स्वदेश फिर्ताका लागि जमुनाह नाका पुगेका छन् । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले भारतबाट भित्रिने नेपालीलाई महेन्द्र बहुमुखी क्याम्पसको क्वरेण्टीनमा राखिने जानकारी दिनुभयो । क्वरेण्टीनमा राखिएपछि उनीहरुको जाँच गरी सम्बन्धित जिल्ला पठाउने विषयमा निर्णय लिइने प्याकुरेलले बताउनुभयो ।

सीमापारि नानपारामा एउटै क्वरेण्टीनमा तीन सय बढी नेपाली २५ देखि ५० दिनसम्म बस्दै आएका थिए । 

प्रकाशित : २०७७ जेष्ठ १, बिहीबार २०:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ