डिजेलमा पानी मिसाउने फ्युल सेन्टरलाई दुई लाख रुपैयाँ जरिबाना


भक्तपुर। मध्यपुरथिमि नगरपालिका १, लोकन्थलीमा रहेकाे सिद्धार्थ फ्युल सेन्टरलाई दुई लाख रुपैयाँ जरिबाना गरिएको छ ।

गएकाे वैशाख १८ गते पम्पले उपभोक्तालाई पानी मिसिएको डिजेल बिक्री गरेको गुनासोपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, नेपाल आयल निगम र गुणस्तर तथा नापतौल विभागका कर्मचारीले संयुक्त रूपमा अनुगमन गरी पम्प बन्द गरेका थिए ।

गुणस्तर विभागमा पठाइएको नमुना परीक्षणमा पानी मिसिएको भेटिएपछि उक्त सेन्टरलाई बिहीबार उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम कारबाहीस्वरुप दुई लाख रुपैयाँ जरिबाना गरिएको विभागका अनुगमन निरीक्षक दीपकराज पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार विभाग र आयल निगमले उक्त सेन्टरलाई छुट्टाछुट्टै कारबाही गर्नेछन् । 

प्रकाशित : २०७७ जेष्ठ २, शुक्रबार ०७:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ