उपमहानगरद्वारा दोस्रो चरणको सेनिटाइजेशन शुरु


जनकपुरधाम। जनकपुरधाम उप–महानगरपालिकाले नगरक्षेत्रमा दोस्रो चरणको सेनिटाइजेशनको कार्य शुरु गरेको हो । पहिलो चरणमा नगरक्षेत्रलाई सेनिटाइज गरि सकेका उप–महानगरले कोरोना भाईरसको प्रकोप बढेको भन्दै फेरी सेनिटाइजेसनको काम शुरु गरेको हो ।

उप–महानगरका उप–प्रमुख रिता झाले सेनिटाइजेशनको कार्यको शुरुवात भईसकेको जानकारी दिएकी छिन् । उनले भनिन–‘कोरोना भाईरसको प्रकोप दिन प्रतिदिन बढ्दै गएको छ यस्तो अवस्थामा सेनिटाइज गर्ने कार्यको थालिनी भईसकेको छ । हामी कोरोना संग लड्न हरसम्भव प्रयास गरि रहेका छौं ।’

उप–महानगरपालिकाले यस भन्दा पहिला पनि नगरका सवै वडामा सेनिटाइजेशन, लामखुट्टे विरुद्धको औषधी, चोक चोकमा हाथधुने सावुन, सेनिटाइजर लगायतका कार्यहरु गरि सकेका छन् । उप–महानगरद्वारा १८ हजार भन्दा बढी घर परिवारलाई वडा कार्यालयको माध्ययमवाट राहत वितरण समेत गरि सकेका छन् ।

उप–प्रमुख झाले भनिन्–‘पहिलेको अनुपात अहिले हाम्रो यहाँ कोरोनाको प्रकोप बढेको छ, पहिला कम संख्यामा थियो तर अहिले आएर बढ्दै गएको छ यस्तो अवस्थामा हामीले आम जनताको साथमा छौं उहाँहरुलाई आतिनु पर्दैन् ।

प्रकाशित : २०७७ जेष्ठ ३, शनिबार १६:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ