सैनिक पोशाक लगाएर सवारी चलाउनेमाथि जंगीअड्डाको छड्के


काठमाडौं । नेपाली सेनाले सैनिक पोसाक लगाएर सवारी चलाउनेहरुको चेकजाँच थालेको छ । अवकाश प्राप्त सैनिक तथा सर्वसाधारण समेत सैनिक पोशाकमा सडकमा निस्किन थालेपछि जंगीअड्डाले सडकमा चेकजाँच थालेको हो ।

जंगीअड्डाको उच्च तहको निर्देशनमा सैनिक प्रहरी गणले उपत्यकाका विभिन्न स्थानमा टोली पठाएर छड्के जाँच गर्न थालेको हो ।

जंगीअड्डाका प्रवक्ता विज्ञानदेव पाण्डेले पनि विभिन्न स्थानमा सैनिक प्रहरी परिचालित गरिएको पुष्टि गरे । उनले अनलाइनखबरसँग भने, ‘विभिन्न ठाउँमा खटिएको टोलीले सैनिक पोशाक लगाएको व्यक्तिको चेकजाँच गर्नेछ ।’

आइतबार महाराजगञ्ज क्षेत्रमा खटिएको टोलीले सैनिक पोशाक लगाएर होटल चलाउने व्यक्तिलाई पक्राउ गरेको छ । उनीमाथि थप अनुसन्धान भइरहेको सैनिक प्रहरी स्रोतको भनाइ छ ।

यस्तै अन्य केही शंकास्पद व्यक्तिमाथि पनि अनुसन्धान भइरहेको सैनिक स्रोतको दाबी छ ।

लकडाउनको समयमा अवकाश प्राप्त सैनिक अधिकृत पनि पद वहालीमा रहँदाको पोशाक लगाएर बाहिर निस्किने गरेको सूचना जंगीअड्डासम्म पुगेको छ । सैनिक पोशाकमा हिँडेपछि चेकजाँच नहुने भएकाले दुरुपयोग बढेको हो ।

प्रकाशित : २०७७ जेष्ठ ४, आईतवार १६:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ