Breaking- शहिदनगरबाट पेस्तोल र गोली बोकेका २ यूवक परे प्रहरी फन्दामा


जनकपुरधाम । धनुषा शहिदनगर नगरपालिका ३ झण्डा चौकबाट हथियारसहित दुई जनालाई प्रहरीले समातेको छ । बिषेश सुचनाको आधारमा प्रदेश २ प्रहरी कार्यालय जनकपुरबाट शादा पोशाकमा खटिएको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले शंका लागि ज.१२ प ५१६५ नम्वरको मोटरसाईकललाई रोकी चेक जाँच गर्दा हतियार बरामद भएको हो ।

मोटरसाईकलमा सवार कमला नगरपालिका ८ हरिनेका वर्ष १८ को अक्षय पासवानको साथबाट कटुवा पेस्तोल थान १ र गोली राउन्ड ३ बरामद भएकोमा चालक सोही स्थान बस्ने रामबाबु साहको छोरा वर्ष २० को सुनिल कुमार साह समेतलाई पक्राउ गरिएको छ ।

बरामद पेस्तोल, गोली र मोटरसाईकलसहित दुबै जनालाई जिल्ला प्रहरी कार्यालय धनुषा ल्याई प्रहरीले अनुसंधान सुरु गरेको छ ।

प्रकाशित : २०७७ जेष्ठ ४, आईतवार १७:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ