फेरी थपिए ९ जना कोरोना संक्रमित, बाराका पत्रकारलाई पनि कोरोनाले समात्यो


काठमाडौँ । नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार रौतहटमा ८ र बारामा एक गरी ९ जना संक्रमित थपिएका हुन्। योसँगै कोरोना संक्रमितको संख्या ३ सय ४ पुगेको छ।

मन्त्रालयका अनुसार रौतहटको इशानाथमा ७ जना पुरुष र माधवनारायण निवासी २८ वर्षीया महिला छन् भने बारा करैयामाई निवासी ३८ वर्षीय पुरुष रहेका छन्। बारा करैयामाईका संक्रमित पत्रकार रहेको बताइएको छ।

त्यस्तै ३६ जना निको भई घर फर्किसकेका छन् भने कोरोना संक्रमित र आशंका गरिएका ३४६ जना विभिन्न जिल्लाका आइसोलेसनमा राखिएका छन्।

प्रकाशित : २०७७ जेष्ठ ५, सोमबार १०:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ