कोरोना संक्रमित भेटिएपछि विराटनगरका दुई वडा सिल


विराटनगर। आइतबार दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि विराटनगर महानगरपालिकाको दुईवटा वडालाई सिल गरेको छ। संक्रमित बसेका विराटनगर ६ र १५ लाई सोमबार बिहानैबाट सिल गरिएको हो। जिल्लास्थित सुरक्षा निकायको बैठकले दुई वडालाई सिल गर्ने निर्णय गरेको थियो।

सिल गरिएका वडाहरूमा मानिसको आवतजावत र पसलहरू बन्द छ। मानिसको आवतजावत र सबै पसल बन्द गर्न बिहानैदेखि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए।

अधिकारीका अनुसार दुईवटै वडामा औषधी, दूध र पानी बोकेका बाहेक सबै प्रकारको सवारीसाधनको आवतजावत पूर्ण रुपमा बन्द छ। सुरक्षा निकायबीच आइतबार साँझ अनलाइन (भिडियो कन्फरेन्स) सुरक्षा बैठक बसेको थियो। सिल गरिएसँगै ती क्षेत्रमा बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरी कडाई गरिएको प्रहरी उपरीक्षक अधिकारीले बताए।

नगरभित्रै कोरोना संक्रमित भेटिएपछि लकडाउनको बेलामा पनि तुलनात्मक रूपमा बढी चहलपहल हुने विराटनगर सोमबार भने सुनसान देखिएको छ। मानिसको सडकमा मानिसको चहलपहल अन्य दिनको तुलनामा निकै कम भएको छ। मानिसहरू घर बाहिर निस्केका छैनन भने भने अधिकांश सरकारी तथा गैर सरकारी कार्यालयहरूसमेत बन्द छन्।

प्रकाशित : २०७७ जेष्ठ ५, सोमबार १७:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ