रतन चौकमा नि:शुल्क भोजन आठौ दिन पनी जारी


जनकपुरधाम । कोरोना संकटको कारण दैनिक ज्यालादारीमा काम गर्ने बिपन्न परिवारलाई समस्या भएपछि रतनचौकमा सोमवार आठौ दिन निशुल्क भोजन जारि रहेको छ । जनकपुरउपमहानगरपालिका वार्ड न. १३ रतनचौकमा सोमबार देखि निशुल्क भोजन खुवाउने कार्य सुरु भएको छ । जनकपुर युवा बिकास समितिले निशुल्क भोजन शिबिर सन्चालनमा ल्याएको छ ।

निस्शुल्क भोजन कार्यक्रमका संयोजक रोशन मण्डलले कोरोना नियन्त्रणका लागि अपनाइएको लकडाउनको कारण कोही भोकै बस्न नपरोस् भनेर निशुल्क भोजन खुवाउन थालिएको बताए । ‘दैनिक एक छाक भोजन गराउदा गरिब तथा बिपन्न परिवारलाई केही भएपनि राहत हुने उद्देश्यले निशुल्क भोजन कार्यक्रम सुरु गरिएको हो, सुरुको दिनमा दुई सयजना घरपरिबारले भोजन ग्रहण गरेको छ ।आउने दिनमा बढने पनि सक्ने बताए ।

भोजन खुवाउने जिम्मा भने जनकपुर युवा बिकास समितिका विभिन्न साथीहरु लिएका छन् । सरकारले भने अनुसार कोरोना भाइरस नियन्त्रणका लागि लागु गर्नुपर्ने दुरी खाना बनाउने काम भएको र भोजन समेत सोही अनुसार बितरण गरिएको उनले जानकारी दिए ।

त्यस्तै जनकपुर युवा बिकास समितिका सलाहकार देब नारायण मंडलले हामीले सुरु गरेको भोजन लक डाउन सम्म निरन्तर चलिरहने बताए। जनकपुरउपमहानगरपालिका वार्ड न. १३का वाडा अध्यक्ष शुभनारायण, समितिका अध्यक्ष जितेन्द्र पासमान र वार्ड न. १३का दाताहरुको सहयोगमा सन्चालन गरिएको समितिका संयोजक मण्डलले बताए ।

प्रकाशित : २०७७ जेष्ठ ५, सोमबार २०:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ