धनुषामा भाइ-भाइमै झडप, ३ जना गम्भिर घाइते


धनुषा । धनुषाको हँसपुर नगरपालिका वडा नं. ७ को नरैहियामा बर्षाको पानी बगाउने विषयलाई लिएर झगडा हुँदा खुकुरी र खन्ती प्रहार भएको हो । आज विहानै परेको वर्षाका कारण घर नजिकै सडकमा पानी जमेपछि पानी बगाउने विषयमा दुई पक्षबीच झडप भएको बताइएको छ ।

जानकारी अनुसार, उनकै भाईभरदार (दियाद) पर्ने फेकन भन्ने राममणी यादव, पशुपति यादव, धर्मनाथ यादव र सुरेन्द्र यादव लगायतले खुकुरी र खन्ती प्रहार गरेको हो ।

आज खुकुरी र खन्ती प्रहारबाट स्थानीय ३८ बर्षीय राम जुलुम यादव, बर्ष ६५ की सुमित्रा देवी यादव र बर्ष ६८ का लखिचन यादव गम्भिर घाईते भएका हुन् ।

यद्यपी यसबारे जिल्ला प्रहरी कार्यालय धनुषाले कुनै प्रतिक्रिया दिएको छैनन् । घाईतेहरुलाई अहिले प्रादेशिक अस्पताल जनकपुरमा उपचार हुँदैछ । यस विषयमा थप विवरण आउन बाँकी छ ।

प्रकाशित : २०७७ जेष्ठ ६, मंगलवार १३:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ