अब पैसा तिरेर जो कोहीले पनि कोरोना परीक्षण गराउन पाइने


काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुल्क तिरेर स्वेच्छिक रुपमा कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गर्न दिने निर्णय गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार अब लक्षण नभएका स्वदेशी तथा विदेशी नागरिकले आरडीटी/पीसीआर गर्न पाउनेछन् ।


यसका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट तोकिएको मापदण्ड पालना गर्नुका साथै सूचनाको गोपनीयता र नियमित रिपोर्टिङ गर्ने गरी सार्वजनिक स्वास्थ्य संस्थामा सशुल्क परीक्षण गर्न दिने निर्णय भएको उनले बताए ।

प्रकाशित : २०७७ जेष्ठ ६, मंगलवार १८:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ