जनकपुरमा सुविधा सम्पन्न ५० वेडको नयाँ ‘क्वारेन्टाइन’ सेन्टर शुरु


जनकपुरधाम : कोरोना भाईरसका कारणले प्रदेश–२ को अस्थायी राजधानी जनकपुरधाम गोपाल धर्मशालामा ५० वेडको नयाँ ‘क्वारेन्टाइन’ सेन्टर शुरु भएको छ ।

कोरोना भाईरसका लागि क्वारेन्टाईन को सुरुवात उप–महानगरपालिकाले २५ वेडको ‘क्वारेन्टाइन’ सेन्टर स्वस्तिका नर्सिङ्ग होममा संचालन गर्दे आईरहेकोमा दिन प्रतिदिन कोरोन संक्रमितहरु को संख्या मा वृद्धि भैनै रहेको देखिन्छ ।

त्यसपछि उप–महानगरपालिकाले वडा–४ स्थित गोपाल धर्मशालामा को ‘क्वारेन्टाइन’ सेन्टरमा नियमित तथा २४ औ घन्टा स्वास्थ्य परीक्षण र चिकित्सा सुविधा लगायतको अन्य सुरक्षा व्यवस्था, फ्री वाइफाइ, २४ औ घण्टा जेनरेटर युक्त विजुली, सफा खानेपानी, उचित साफ–सफाई तथा पौष्टिक आहार सहित को सबै मुलभूत सुविधाको व्यवस्था गरेका मेयर लालकिशोर साहले जानकारी दिनु धएका छन् ।

गोपाल धर्मशालामा करिब सय कोठा निर्मित रहेको उक्त धर्मशाला को निरिक्षण गर्ने क्रममा उप–महानगरपालिका का मेयर लाल किसोर साह र उपमेयर रिता झा का अनुसार कोरोना संक्रमित रोगीहरुका लागि यहाँ ‘क्वारेन्टाइन’ मा बस्न कुने पनि समस्या हुदैन यहाँ पर्याप्त ठाउँ रहेको मेयर साह ले बताउनु भएको छ ।

कोरोना भाईरसका बिरामिहरुका लागि गोपाल धर्मशाला तत्काल अहिले ५० वेडको क्वारेन्टाइन सञ्चालन गरिएको तर पछि आवश्यक्ता अनुसार अरु थप कोठामा व्यवस्था गरिने मेयर साहले जानकारी दिनुभएको हो ।

प्रकाशित : २०७७ जेष्ठ ७, बुधबार १७:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ