भारतीय गाडीबाट पेस्तोल, गोली र नशालु पदार्थसहित सप्तरीका एक युवक पक्राउ


सप्तरी : प्रहरीले भारतीय गाडीमा पेस्तोल, गोली र लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।

भोक्राहा नरसिंह गाउँपालिका– ४ बाट प्रहरीले भारतीय नम्बर प्लेटको बिआर ५० पि १२४१ नम्बरको स्कारपिओ गाडी जाँच गर्ने क्रममा उक्त हतियार तथा लागूऔषध सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका– १४ बस्ने ३६ वर्षीय कृष भन्ने कृष्ण कुमार यादवलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

उनको साथबाट कटुवा पेस्तोल १ थान र गोली ३ राउण्ड तथा नियन्त्रित लागूऔषध १ सय एमएलको डाइलेक्स डिसी २५ बोतल, स्पास्मो प्रोक्सिभन प्लस ५ सय ७६ ट्याब्लेट, नाइट्रोसम १ सय ६० ट्याब्लेट र नाइट्राभेट ७५ ट्याब्लेट पक्राउ गरेको छ।

घटनाको प्रहरीले थप अनुसन्धान शुरु गरेको जनाएको छ ।

प्रकाशित : २०७७ जेष्ठ ७, बुधबार १७:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ