सांसदको गाडी प्रहरीले पक्राउ गरेको विरुद्धमा प्रदर्शन, ३० युवा पक्राउ


जनकपुरधाम।  प्रदेश २ का जनकपुरधाममा लकडाउन उलंघन गर्दै प्रदर्शनमा उत्रेका जनता समाजवादी पार्टीका ३० जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।

जनता समाजवादी पार्टीका प्रदेश माननिय सांसद अशोक यादवको पक्षमा पदर्शनमा उत्रेका ३० जनालाई बिहीबार दिउँसो जनकपुरबाट पक्राउ गरेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

केहि दिन अघि लकडाउन उलंघन गरी गाडी चलाउँदा सर्लाहीका जनता समाजवादी पार्टीका प्रदेश सांसद यादवको गाडी प्रहरीले जनकपुरको भानुचोकबाट नियन्त्रणमा लिएको थियो । सो क्रममा प्रदेश सांसद यादवको चालकलाई प्रहरीले शब्द प्रयोग गरी धाकधम्की देखाउँदै अपमान गरेका थिए ।

सोहि विषयको समाचार केहि सञ्चार माध्यममा आएपछि प्रहरी र मिडियाको विरोधमा जनता समाजवादी पार्टीका युवा नेता नविन यादवको नेतृत्वमा केहि युवाहरु समुह बिहीबार जनकपुरमा प्रदेर्शनमा उत्रेका थिए ।

उनीहरु विभिन्न नारा लेखिएको प्लेकार्ड सहित प्रदर्शन गरिरहेको बेला प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएको छ ।

प्रकाशित : २०७७ जेष्ठ ८, बिहीबार १८:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ