पूर्वमन्त्री आलमको घरमा प्रहरीको छापा, स्थानीयको अवरोध


रौतहत : पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन रौतहतको राजपुर फरदहवामा भएको बम बिस्फोटको घट्नामा पुर्पक्षका लागि नख्खु कारागारमा रहेका पूर्वमन्त्री एवम काग्रेस नेता मोहम्मद आफताब आलमको रौतहटस्थित घरमा प्रहरीले छापा मारेको छ ।

मन्त्री आलमका भाई महताब आलमलाई पक्रन गएको प्रहरीलाई स्थानीयले अवरोध गरेका थिए । स्थिति नियन्त्रण बाहिर गएपछि दर्जनौ राउण्ड हवाई फायर गर्दै सुरक्षाकर्मीको टोली स्थानीयको घेराबन्दीबाट उम्कन सफल भएको थियो ।

बमकाण्डको अर्का आरोपि महताब आलम घर आएको सुचना पाएपछि बारा र प्रदेश प्रहरी जनकपुरको टोली पुगेर राजपुर फरदहवा स्थित पुर्व मन्त्री आलमको घरमा मध्यरातमा छापा मारेको हो । महताब पूर्वमन्त्रीका भाई हुन् । घरमा महताब फेला परेन् ।

प्रकाशित : २०७७ जेष्ठ ९, शुक्रबार १३:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ