निशान छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव दर्ता गर्ने सरकारको निर्णय


काठमाण्डाै । सरकारले नेपालको संविधान संशाेधन गर्न बनेको विधेयक संसदमा पेस गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानलाई संशाेधन गर्न बनेको विधेयक संसदमा पेस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थ मन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिनुभएको छ ।

सरकारले लिम्पियाधुरा कालापानी र लिपुलेक समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि नयाँ नक्सा अनुसार संविधानकाे अनुसूची ३ मा रहेकाे निशान छापसम्बन्धी व्यवस्था संशाेधनकाे लागि संविधान संशाेधन गर्न लागिएकाे हाे । 

गएकाे साेमबार मन्त्रिपरिषदबाट पारित भएकाे नयाँ नक्सा गएकाे बुधबार सार्वजनिक गरिएकाे थियाे । 

प्रकाशित : २०७७ जेष्ठ ९, शुक्रबार १४:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ