Big News- फेरी बढ्यो कोरोना संक्रमित, संख्या ५०७ पुग्‍यो


काठमाडौ :  नेपालमा थप २० जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुनेको कुल संख्या ५ सय ७ पुगेको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो ।

पछिल्लो पटक संक्रमित हुनेहरूमा कैलाली, बैतडी, बाँके र मोरङका गरी २० जना छन् । हालसम्म संक्रमणकै कारण नेपालमा ३ जनाको मृत्यु भइसकेको छ भने ७० जना स्वस्थ भएर घर फर्किएका छन् ।

डडेल्‍धुराको पराशुराम १० का २८ वर्षीय पुरुष र बैतडीको शिवनाथ १ का २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हाे ।  कैलालीमा पनि तीनजनामा संक्रमण पुष्टि भएको छ । जानकी गाउँपालिका सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको हो ।

बाँकेमा समेत १४ जना संक्रमित थपिएका छन् । उनीहरू १८ देखि ६१ वर्ष उमेरका पुरुषहरु रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले  बताए । उनीहरुमध्ये १८ वर्षीय पुरुष राप्ती सोनारीका हुन् भने बाँकी १३ जना नरैनापुरका रहेका बताइएकाे छ ।

त्यस्तै माेरङका एक जनामा पनि संक्रमण देखिएकाे छ । हालसम्म काेराेना संक्रमित भेटिएक जिल्ला ४० पुगेकाे छ ।

प्रकाशित : २०७७ जेष्ठ ९, शुक्रबार १८:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ