सिरहामा गोली चल्यो, झडपमा एक दर्जन घाइते


सिरहा। सिरहाको नरहा गाउँपालिका–१ देविपुरमा राहत विषयमा झडप हुँदा गोली चलेको छ। राहतको विषयमा झडप हुँदा नरहा गाउँपालिकाकी उपमेयर गुलाबदेवी चौधरीका छोरा अरविन्द चौधरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन्। गोली लागेर स्थानीय ५५ वर्षीय अख्तर मण्डल घाइते भएका हुन्।

उनको दाहिने कञ्चटमा गोली लागेको बताइएको छ। झडपमा उनको खुट्टा पनि भाँचिएको प्रत्यक्षदर्शीले बताएका छन्। मण्डललाई गोली लागे लगत्तै एम्बुलेन्समा जिल्ला अस्पताल सिरहा लगिएको थियो तर त्यहाँ उपचार सम्भव नहुँदा विराटनगर रिफर गरिएको एक स्थानीयले बताए।

उनीसँगै झडपमा गम्भीर घाइते भएका थप दुई जना गरी तीन जनालाई विराटनगर रिफर गरिएको हो। झडपमा परी दर्जन बढी घाइते भएको बताइएको छ। घाइते हुनेमा नेपाली कांग्रेस तथा नेकपा कार्यकर्ता छन्। उनीहरु सबैको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको छ।

प्रकाशित : २०७७ जेष्ठ ९, शुक्रबार १९:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ