कोरोनाबाट जोगिन त्रिभुवन विमानस्थलमा यस्तो छ पूर्वतयारी


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई शुक्रबार त्रिभुवन विमानस्थलको निरीक्षणमा पुगेका छन् । उनले विमानस्थल खुलेपछि यहाँबाट कोरोनाको संक्रमणका फैलिन नदिन बनाइँदै गरेका विभिन्न संरचनाको अवलोकन गरे ।

अहिले विमानस्थलमा यात्रुहरु बीच दूरी कायम रहने र भीडभाड नहुने गरी गरिएका मार्किङ लगायतका संरचनाको अवस्थाबारे जानकारी लिए ।

जारी लकडाउन र कोरोना भाइरसको संक्रमण कम हुँदै गएपछि हवाई सेवा सुचारु हुनेछ । त्यसका लागि अब साविकको जस्तै गरी सेवा प्रदान गर्ने वातावरण रहने छैन ।

विमानस्थलमा यात्रुले सामाजिक दूरी कायम गर्नुपर्नेछ भने सुरक्षाका विविध उपाय अपनाउनु पर्नेछ । यसका लागि विश्व स्वास्थ संगठन (डब्लुएचओ) तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले तोकेको मापदण्ड पुरा गर्नुपर्छ ।
सोहीअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले समेत आफ्नो तयारी थालेको छ । मन्त्री भट्टराईले विमानस्थलमा भइरहेका कामको अनुगमन गरेका हुन् ।

विमानस्थलमा आन्तरिकतर्फको काम सम्पन्न गरी अहिले अन्तर्राष्ट्रिय टर्मिनलमा विविध संरचना बनिरहेका छन् । यी संरचनाले सामाजिक दूरी कायम गर्नुका साथै कोभिडबाट जोगिन मद्दत गर्नेछ ।

प्रकाशित : २०७७ जेष्ठ ९, शुक्रबार २०:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ