Big News- फेरि थपिए ३२ कोरोना संक्रमित, संख्या ५ सय ४८ पुग्यो


काठमाडौं : नेपालमा फेरि ३२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । शनिबार बिहान कपिलवस्तुमा ८, सर्लाहीमा १३, बारामा १, काठमाडौं १, रूपन्देहीमा ८ र चितवनमा १ गरी ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कपिलवस्तुको वाणगंगा नगरपालिकामा ७ पुरुष र १ जना महिला, सर्लाहीको गोडैता र कविलासी नगरपालिकामा १३ पुरुष, बाराको करैयामाई गाउँपालिकामा १ महिला, काठमाडौंमा १ पुरुष, रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकामा ८ जना पुरुष र चितवनको भरतपुर नगरपालिका -६ मा १ पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

प्रकाशित : २०७७ जेष्ठ १०, शनिबार ११:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ