Big News- कमला नदीको अबैध दोहन बढ्यो, प्रशासनको ध्यान पुगेन !


उदयपुर : सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर ११ को सीमास्थलमा पर्ने कमला नदीमा अवैधरुपमा नदीको दोहन बढेको छ ।

सिन्धुली तर्फको एक क्रसर र उदयपुृर तर्फको बालुवा प्रशोधन वासिङ्ग मेसिनले नदीबाट अवैध रुपमा गिट्टी बालुवा उत्खनन् गरिरहेका छन् । नदीको दोहन हुँदा नदीले खेती योग्य जमिनमा क्षति गर्नुका साथै नजिकैका वस्ती समेत जोखिममा पारेकोले खोलाबाट ढुंगा, गिट्टी बालुवा निकाल्न र क्रसर उद्योग समेत बन्द गर्नुपर्ने कटारी २ का स्थानीय नातीवावु भट्टराईले बताए ।

वातावरण प्रभाव मूल्याकंन आईईईका अनुसार नदीमा १ मिटर भन्दा बढी उत्खनन गर्न नपाईने भएपनि सो क्षेत्रमा ५ मिटरसम्म गहिराईमा नदीको दोहन गरिएको छ । स्थानीयले दुधौली नगरपालिकाले सबै नाकामा लकडाउनमा कडाई गरी आउजाउ बन्द गरेको अवस्थामा खुलेआम सयौं ट्रिपर सञ्चालन गरेकोले मिलेमतोमा अवैध उत्खनन् भएको हुनसक्ने बताएका छन् ।

दुधौली नगरपालिकाले नगरको सबै नाकामा सुरक्षाकर्मी तैनाथ गरेर ढाँट राख्दै अत्यावश्यक बाहेकका सबैलाई आउजाउ ठप्प पारेको समयमा सीमा नाकाबाटै उत्खनन् भईरहेको हो । अनुगमनमा पुगेका कटारी नगरपालिकाका उममेयर भीमकुमारी राउतले यो प्रकृति र नियममाथिको अत्याचार भएकाले तुरुन्त बन्द गर्न निर्देशन दिएको बताए ।

प्रकाशित : २०७७ जेष्ठ १०, शनिबार १७:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ