रौतहटमा यूवाहरुले मन्त्रीको पुत्ला जलाए, बजेट दुरुपयोग गरेको आरोप


गौर : रौतहटका स्थानीय युवाहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीको पुत्ला जलाएका छन् ।

मन्त्री त्रिपाठीले रौतहट क्षेत्र नम्बर २ को संसदीय कोषको बजेट दुरुपयोग गर्न खोजेको आरोप लगाउँदै स्थानीयले नाराबाजीसहित पुत्ला दहन गरेका हुन् ।

विश्व कोरोना संक्रमणको उच्च जोखिमयुक्त अवस्थाबाट गुज्रिरहेको समयमा संघीय मन्त्रालयको अग्रसरतामा रौतहट निर्वाचन क्षेत्र नं. २ का सांसद अफताब आलमको अनुपस्थितिमै नियम कानुन विपरीत संसदीय पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन भएको भन्दै उनीहरुले विरोध जनाएका छन् ।

आर्थिक चलखेल गरेर मन्त्री त्रिपाठी, जेलभित्रबाट सांसद आलम र नेकपाका समानुपातिक सांसद कल्याणी खड्काले मिलेर बजेट दुरुपयोग गरेका कारण पुतला दहन गरेको स्थानीय इस्तफाल आलमले बताए ।

आक्रोशित युवाहरुले मन्त्रीकै संलग्नतामा खर्च भईरहेको अनधिकृत बजेट खर्च नरोकिए लकडाउनको प्रवाह नगरी आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

प्रकाशित : २०७७ जेष्ठ १०, शनिबार १९:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ