आज पनि मेघगर्जन, चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना


काठमाडौं । आज देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार मध्यान्हसम्मको समयको मौसम सामान्यतया सफा रहने र मध्यान्हपछि देशको पहाडी भू भागमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अपरान्हपछि पश्चिमी पहाडी भू भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। त्यस्तै आज राती पहाडी भू भागहरुमा सामान्य बदली तथा बाँकी भू भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित : २०७७ जेष्ठ १२, सोमबार ०७:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ