नारायणी अस्पतालबाट आज मात्रै ४३ संक्रमित निको भएर डिस्चार्ज


काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालबाट आज एकैपटक ४३ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। नारायणी अस्पतालको आइसोलेशनमा उपचार गराइरहेका संक्रमित निको भएको जिल्ला अस्पतालका प्रमुख जयमुद ठाकुरले जानकारी दिए।

डिस्चार्ज गरिएका ४३ जनाको परीक्षण गर्दा लागातार दोस्रो रिपोर्ट नेगेटिभ आएकोले उनीहरुलाई डिस्चार्ज गरिएको डा. ठाकुरले बताए।

डिस्चार्ज हुनेहरुमा दुई जना भारतीय नागरिक पनि रहेका छन्। एक जना रौतहट र अन्य पर्सा जिल्लाका रहेको ठाकुरले थाहाखबरलाई बताए।

प्रकाशित : २०७७ जेष्ठ १२, सोमबार १८:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ