प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ३ सय ३० पुग्यो


बुटवल । प्रदेश ५ मा कोरोना भाइरस संक्रमितको संख्या ३ सय ३० जना पुगेको छ । मंगलबार देशभर ९० जना नयाँ संक्रमित थपिंदा प्रदेश ५ मा मात्रै ३२ जना नयाँ संक्रमित थपिएका छन् ।

३२ जनामध्ये २४ जना कपिलवस्तुका र ८ जना बाँकेका हुन् । मंगलबार सार्वजनिक रिपोर्ट अनुसार कपिलवस्तुको यशोधरा गाउँपालिकामा मात्रै २४ जना थपिएका छन् ।

प्रकाशित : २०७७ जेष्ठ १३, मंगलवार १८:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ