समयमै एम्बुलेन्स नपुग्दा युवाको मृत्यु


जनकपुरधाम । शहीदनगर नगरपालिकाका युवाको समयमै एम्बुलेन्स नपाउँदा  छट्पट्टिएर मृत्यु भएको छ । नगरपालिका वडा नम्बर ९ का ३० वर्षीय वीरेन्द्र गुरमैता यादवको समयमै एम्वुलेन्स नपाउँदा जीवन गुमेको हो । ।

यादव ४ महिनाअघि भारतको गुजरातस्थित सुरतको होटलमा काम गर्दै आएका थिए । भारतमा कोरोना भाइरस संक्रमण फैलिन थालेपछि उनी स्वदेश फर्कन खाजे तर लकडाउनको कारण बाटोमै रोकिनु पर्यो । उनी भारतको विहार प्रदेश दरभंगामा १५ दिनसम्म भुजा च्युरा र नुनको भरमा बसे । त्यहीकारण उनको स्वास्थ्य बिग्रियो । लरभंगामाका केही व्यक्तिले एम्वुलेन्स व्यवस्था गरी उनलाई नेपाल पठाउन पठाए ।

दरभंगाको एम्बुलेन्सले मंगलबार राति २ नेपाल भारतको सीमा धनुषाको जटही पुर्यायो । उनको स्वास्थ्य अवस्था अत्यन्नै नाजुक थियो । उनलाई तत्कालै अस्पताल लग्नु पर्ने अवस्था थियो । तर सुरक्षाकर्मीले रातभर जनकपुरधामतर्फ आउन दिएनन् । यादवका आफन्त उनी बिरामी भएको खबर पाइसेका थिए । आफन्तलाई एम्बुलेन्स व्यवस्था गर्नू भन्ने खबर दरभंगाबाट आएको थियो । आफन्तले जनकपुरधामस्थित वारहविघामा रहेको दजर्नौ एम्वुलेन्सलाई जटही जानका लागि अनुरोध गरे । तर एम्बुलेन्स चालकले कोरोना संक्रमण भएको हुन सक्ने भन्दै जान अस्विकार गरे । । त्यसपछि यादवका आफन्तले रेडक्रसलाई एम्वुलेन्स उपलव्ध गराइदिनका लागि अनुरोध गरे ।

 तर रेडक्रसका जिल्ला अध्यक्षले एम्बुलेन्स पठाउन प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखको अनुमति चाहिने बताए । यादवको आफन्तले निकै प्रयास गरेर एम्बुलेन्स पठाए र एम्बुलेन्स पुग्दा उनको मृत्यु भइसकेको थियो । बिरामीको मृत्युपछि प्रशासनले समयमा सहयोग नगरेको भन्दै आक्रोसित स्थानीयले ज १ त १२१३ नम्बरको एम्वुलेन्समा तोडफोड गरेका छन् । बिरामीको समयमै उपचार नपाएर मृत्यु भएपछि स्थानीयले समाचार संकलन गएका पत्रकारप्रति समेत आक्रोश व्यक्त गरेका थिए ।

धनुषाका सहायक प्रमुख जिल्ला अधिकार शरद पोखरेलका अनुसार नेपालीलाई जटही नाकाबाट नेपाल भित्र्याउनका लागि बिहान १० बजे र साँझ ६ बजे बस सेवा सञ्चालन गर्ने प्रतिवद्धता जनाएपनि उनीहरुले आफूहरुलाई तत्कालै घर पुर्याउनुपर्ने अडानमा थिए । ठूलो संख्यामा सिमानामा अलपत्र परेका उनीहरूलाई गन्तव्यसम्म पुर्याउन स्थानीय प्रशासनले ३ वटा बस पठाएर सवैलाई घरसम्म पुरयाइएको जिल्ला प्रशासनले जनाएको छ । ५ वर्षअघि विवाह गरेका यादवको एक  छोरा र एक छोरी छन् ।

प्रकाशित : २०७७ जेष्ठ १४, बुधबार १८:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ