प्रदेश २ मा आज ५६ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ३२४ पुग्यो


जनकपुरधाम । प्रदेश २ मा पछिल्लो २४ घण्टामा ५६ जनामा कोरोना संक्रमण देखिएको छ । 

प्रदेश २ को सामाजिक विकास मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका सचिव डा। रामप्रसाद घिमिरेले पछिल्लो २४ घण्टामा  ५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताए । 

उनले भने “रौतहट ३५ जना, बारा ८ जना ,सप्तरी ११ जना र सिरहा २ जनामा  कोरोना संक्रमण देखिएको छ ।”

मंगलबार यस प्रदेशमा ३५ जनामा कोरोना संक्रमण देखिएको थियो ।  प्रदेशभर हालसम्म कोरोना संक्रमितको संख्या ३२४ पुगेको छ ।

प्रकाशित : २०७७ जेष्ठ १४, बुधबार २०:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ