चौतर्फी विरोध भएको ‘सांसद पोस्ने’ कार्यक्रमलाई ६ अर्ब ६० करोड बजेट


काठमाण्डौं : ‘सांसद पोस्ने’ कार्यक्रम भनेर चौतर्फी विवाद र आलोचना भएको स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिइने भएको छ ।

प्रत्यक्ष निर्वाचित सांसदको नेतृत्वमा योजना छनौट गरिने कार्यक्रमका लागि सरकारले ६ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री डा. युवराज खतिवडाले बताए । 

संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) को संयुक्त बैठकमा आर्थिक वर्ष २०७७/७८ को लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले कार्यक्रम अन्तर्गत एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक निर्माण गरिने बताए ।

उनले सबै स्थानीय तहका केन्द्रलाई प्रदेश राजधानीसम्म जोड्ने कालोपत्रे सडक निर्माण गरिने समेत बताए । – लोकान्तर

प्रकाशित : २०७७ जेष्ठ १५, बिहीबार १८:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ