अन्तर्राष्ट्रिय विमानस्थललाई साढे १९ अर्ब, दुई ठाउँमा नयाँ विमानस्थल बन्ने


काठमाडौं : सरकारले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई प्राथमिकता दिएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय विमानस्थल बनाउन १९ अर्ब ४२ करोड रुपैयाँ विनियोजना गरेको जानकारी दिए।  खतिवडाका अनुसार भैरहवाको गौतम बुद्ध क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि यो बजेट खर्च गरिनेछ।

सरकारले आन्तरिक विमानस्थल विस्तारलाई पनि जोड दिएको छ। एउटा प्रदेश र अर्को प्रदेशमा उडान भर्ने प्रयोजनका लागि कर्णालीको सुर्खेत र बागमतीको भरतपुर विमानस्थल विस्तार गरी प्रादेशिक बनाइने भएको छ। आगामी बजेटमार्फत बिराटनगर र नेपालगञ्‍ज विमानस्थलको टर्मिनल भवन विस्तार गरिने भएको छ।

प्रदेश ५ को दाङस्थित नारायणपुर र तेह्रथुमुस्थित चुहान डाँडामा नयाँ विमानस्थल बनाइउने भएको छ। त्यसैगरी झापाको चन्द्रगढी, कैलालीको धनगढी, जनकपुर लगायतसहितका विमानस्थलबाट रात्रि उडान गर्न पूर्वाधार तयार गरिने भएको छ।

प्रकाशित : २०७७ जेष्ठ १५, बिहीबार २०:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ