संविधान संशोधनको प्रस्ताव आज दर्ता हुने


काठमाण्डौ – संविधानको अनुसूचीमा रहेको निशान छापमा नयाँ नक्सा राख्न आज संसदमा संविधान संशोधन प्रस्ताव दर्ता हुने भएको छ ।

संघीय संसद सचिवालयले आजको संभावित कार्यसूचीमा कानुनमन्त्री शिवमाया तुम्बाहाम्फेले  नेपालको संविधान दोस्रो संशोधन विधेयेक २०७७ को प्रस्ताव दर्ता गर्ने जनाएको छ । यसअघि पनि गएको बुधबार संविधान संशोधनको प्रस्ताव दर्ता गर्ने कार्यसूची रहेकोमा नेपाली कांग्रेसले समय माग  गरेपछि स्थगित गरेको थियो ।

तर हिजोको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेपछि आज भने संशोधन प्रस्ताव दर्ता हुने संभावना बलियो छ । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भूमि समेटेर नयाँ नक्सा जारी गरिसकेको छ ।

संविधानको अनुसूची ३ मा रहेको निशान छापमा नयाँ नक्सा राख्नुपर्ने भएकाले सरकारले संविधान संशोधनको तयारी गरेको हो । यस्तै आजदेखि बजेटमाथी छलफल हुँदैछ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले गएको विहिबार सार्वजनिक गरेको बजेटमाथि सांसदहरुले आफ्ना धारणा राख्नेछन् ।

प्रकाशित : २०७७ जेष्ठ १८, आईतवार ०८:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ