हवाइ इन्धनको मुल्य घटाउन माग


काठमाडौँ । आर्थिक वर्ष २०७७-०७८ को बजेटमा हवाई क्षेत्रलाई सहुलियत दिने कार्यक्रम आएको भन्दै वायुसेवा सञ्चालक संघले त्यसको स्वागत गर्दे अझै इन्धनको मुल्य घटाउन माग गरेको छ। संघले आइतबार प्रेस विज्ञप्ती जारी गर्दै आगामी आर्थिक वर्षको बजेटमार्फत् वायुसेवा कम्पनीहरुले तिर्नुपर्ने पार्किङ शुल्क, वायुसेवा सञ्चालन अनुमति नवीकरण दस्तुर, उडान योग्यता प्रमाणपत्र दस्तुर, हवाई इन्धनमा लाइने् पूर्वाधार करको घोषणा जस्ता सहुलियतका व्यवस्था आएको भन्दै संघले उक्त निर्णयप्रति आभार व्यक्त गरेको हो ।

संघले वायुसेवा कम्पनीहरुको चालू आर्थिक वर्षको आयकरमा २० प्रतिशत छुट दिने घोषणाले दैनिक ६ करोड रुपैंया घाटामा गएको यो क्षेत्रलाई केही हदसम्म राहत पुग्ने समेत जनाएको छ । तर, संघले सरकारले बजेट वक्तव्यमार्फत् घोषणा गरेको पुनकर्जा कार्यक्रमको कार्यान्वयनमा भने आशंका व्यक्त गरेको छ । बजेटमार्फत् सरकारले घोषणा गरेको ५० अर्बको पुनकर्जा कोष सञ्चालनसम्बन्धी घोषणाको कार्यान्वयन पक्ष जटिल भएको भन्दै नेपाल राष्ट्र बैंकले ल्याउन मौद्रिक नीतिमा यो विषय आउनुपर्ने माग गरेको हो ।

संघले अहिलेको हवाई इन्धनको मूल्य महँगो भएको समेत जनाएको छ । इन्डियन आयल कर्पोरेसनले पठाएको मूल्यसूची भन्दा ३३ रुपैंया महँगो मूल्यमा अहिले हवाई इन्धन बिक्री गरिरहेको भन्दै संघले लागतमा १० प्रतिशत मात्रै नाफा रहनेगरी हवाई इन्धनको मूल्य तोक्न संघले निगमको ध्यानाकर्षण समेत गराएको छ ।

प्रकाशित : २०७७ जेष्ठ १८, आईतवार २०:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ