स्थानियहरुको विवादका कारण सडक निमार्ण अलपत्र


जनकपुरधाम । स्थानीयहरुको दवावका कारण सडक वन्न नसकेपछि विकासे वजेटलाई सदुपयोग गर्न सकिएको छैन ।धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वार्ड नं ३ स्थित पकडीया टोलको यादव गल्लीको सडकमा स्थानियवासीहरुले मापदण्ड वमोजीम घर हटाउन नमानेपछि विगत दुइवर्ष देखि सडक वन्न सकेको छैन ।सडक वन्न नसकेपछि अहिले पनि सो ठाउ हिलाम्य रहेको छ ।

पकडीया टोलका वार्ड अध्यक्ष जयकिशोर सिंहका अनुसार सो गल्लीको सडक निमार्णका लागि वितेको आर्थिक वर्षमा चार लाख वजेट विनियोजन गरेपनि सोहि आर्थिक वर्षमा टोलका वासीन्दाहरुले मापदण्ड बमोजीम घर नहटाउने र सावीककै सडकमा ढलाई गर्न विवाद सृजना गरेपछि वजेटको सदुपयोग गर्न नसकिएको वताए ।उनले सोहि विवाद साम्य नहुदा यस वर्ष सो सडक निमार्णका लागि वजेट विनियोजन नगरिएको वताउदै अहिले सो गल्लीको सडक आठ देखि ९ फिट सम्म मात्रै रहेको र ढलाई गर्नका लागि पनि १३ फिटको आवश्यकता भएको र सो दिन नमानेपछि आफुले सडक निमार्णको काम अगाडी बढाउन नसकिएको वताए ।यता सोहि टोलका स्थानियवासी हरिनारयण यादवका अनुसार नगरपालिकाले २२ फिट सम्मको सडक वनाउदा मात्र आफुहरुले घर सार्न तयार रहेको तर २२ फिट भन्दा कममा सडक निमार्ण गरिए आफुहरु घर सार्न तयार नरहेको वताए ।

८÷९ फिट रहेको सो सडक निमार्णका लागि कमसे कम १३ फिटको आवश्यकता रहेको छ भने सडकको दुवै साईड नालाको निमार्ण गरिए २२ फिट लाग्ने वार्ड अध्यक्षको भनाई रहेको छ ।सडक निमार्णका लागि ४ फिट सम्म दिन नसक्ने स्थानियले २२ फिटको कुरा गर्नु अशोभनीय रहेको वार्ड अध्यक्षको दावी रहेको छ ।यता सोहि टोलका स्थानिय युवा रमेश यादवका अनुसार सडक वनाउनका लागि मापदण्डमा परेका घरहरु नहटाउनका लागि विभिन्न राजनीतिक चलखेल भइरहदा अहिले पनि हामीहरु ीहलोमा हिडन वाध्य हुनु आफनो गाउ ठाउको विकासको लागि दुखद नै रहेको वताए ।

प्रकाशित : २०७७ जेष्ठ १९, सोमबार ११:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ