कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना, संक्रमितको संख्या १६६ पुग्यो


काठमाडौं । कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा थप ४३ जनामा संक्रमण पुष्टि भएको हो। यो सँगै कर्णालीमा संक्रमितको संख्या १ सय ६६ पुगेको छ। 

पछिल्लो तथ्यांकअनुसार दैलेखमा मात्रै ७२ जनामा संक्रमण देखिएको छ। दैलेखमा एक युवाको कोरोनाका कारण मुत्यु भएको छ।  त्यस्तै सुर्खेतमा २९ जनामा संक्रमण देखिएको छ भने सल्यानमा २५ जना संक्रमित छन्।  त्यस्तै जुम्लामा दुई प्रहरीसहित १९ जनामा संक्रमण फैलिएको छ। कालिकोटमा १८ जना संक्रमित छन भने मुगु, एक जनामा संक्रमण देखिएको छ। 

प्रकाशित : २०७७ जेष्ठ १९, सोमबार १२:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ