रौतहटमा आज मात्रै थपिए ७४ जना कोरोना संक्रमित


रौतहट । रौतहटमा आज (मंगलबार) मात्रै  ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा गरिएको परीक्षणमा १ महिलासहित ७४ जनामा कोरोना पोजेटिभ आएको स्वास्थ्य कार्यालय रौतहटका फोकल पर्सन हरेन्द्र गुप्ताले बताए।  उनका अनुसार राजपुर नगरपालिकामा २१ जना, राजदेवी नगरपालिकामा १८ जना र दुर्गाभगवती गाउँपालिकामा १४ जनामा कोरोना पुष्टि भएको हो। 

यस्तै गौर नगरपालिकामा १३, परोहवामा ४, यमुनामाई नगरपालिकामा ३, गडीमाई नगारपालिकामा १ जनामा कोरोना पुष्टि भएको छ। संक्रमति सबैजसो भारतबाट आएर क्‍वारेन्टाइनमा बसिरहेकाहरु रहेको गुप्ताले जानकारी दिएका छन्।  यससँगै रौतहटमा मात्रै कोरोना भाइरस संक्रमितको संख्या ३०७ पुगेको छ। 

प्रकाशित : २०७७ जेष्ठ २०, मंगलवार १७:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ