डडेल्धुरामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ


डडेल्धुरा । डडेल्धुरामा पाँचजनामा कोरोना भाइरस पोजिटिभ भएको पुष्टि भएको छ।पाँचैजना एउटै गाउँपालिकाका रहेका छन् । जिल्लाको गन्यापधुरा गाउँपालिका १ र २ नम्बर वडाको क्वारेन्टाइनमा रहेका भन्ने बुझिएको छ ।

उनीहरुमध्ये २ जना मुम्बईबाट आएका, २ जना लुधियाना र १ गुजरातबाट गौरिफण्डा नाका भएर भित्रिएका थिए । उनीहरुसँगै अन्य ४६ जना घर फर्किएका थिए। 

उनीहरुको गणेमावि वडालमा स्वाब संकलन गरिएको हो । कोरोना देखिएकामध्ये चारजना गणेश मावि वडाल  र १ जना समैजी आवि थलकोटमा रहेको क्वारेन्टाइनमा बसिरहेका छन् ।

उनीहरुको आरडीटी परीक्षण गर्दा कोरोना पोजिटिभ आएपछि पीसीआर परीक्षण गर्न स्वाब धनगढी पठाइएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनायो । शुक्रबार आएको रिपोर्टमा ५ जनामा कोरोना कोभिड १९ पोजिटिभ देखिएको पुष्टि भएको स्वास्थ्य कार्यालयले जनायो । अन्यमा भने कोरोना नेगेटिभ देखिएको स्वास्थ्य कार्यालय डडेल्धुराका कोभिड १९ जिल्ला फोकल व्यक्ति हरिप्रशाद भट्टले जनाए ।

उनीहरुसँग आएका मानिस को को थिए र उनको परिवारिक अवस्थाका बारेमा समेत जानकारी लिने तयारी भइरहेको भट्टले बताए।साथै उनीहरुलाई डडेल्धुरा अस्पतालमा रहेको आइसोलेसन वार्डमा ल्याउने तयारी भइरहेको फोकल पर्सन भट्टले बताए ।

प्रकाशित : २०७७ जेष्ठ २३, शुक्रबार १३:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ