२६ नेपाली काठमाडौं आइपुगेका छन् ।आइपुगियो स्वदेश


काठमाडौं । कोरोना संक्रमणबाट जोगिन लगाइएको लकडाउनको ७४औं दिनमा विदेशबाट नेपालीहरु फर्कंदै छन् ।

यसैक्रममा आज ११ बजे म्यानमारबाट २६ नेपाली काठमाडौं आइपुगेका छन् । म्यान्मारको सैनिक जहाजबाट नेपालीलाई काठमाडौं ल्याइएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता देवचन्द्रलाल कर्णका अनुसार नेपालमा रहेका म्यानमारका नागरिकलाई सोही जहाजले लैजानेछ ।

काठमाडौं आएका नेपालीलाई आ-आफ्नो प्रदेशमा लैजान नेपाली सेनाले समन्वयको काम गरिरहेको छ । उनीहरूलाई लिन विमानस्थलमा सेनाको बस लगिएको थियो ।

प्रकाशित : २०७७ जेष्ठ २३, शुक्रबार १३:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ