उदयपुरमा थप ८ जना कोरोना संक्रमित डिस्चार्ज हुँदै छन्


उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केमा कोरोना पुष्टि भएका थप ८ जना कोरोना जितेर शुक्रबार घर फर्किदै छन्। योसँगै कोरोना जित्नेको संख्या उदयपुरमा १४ पुगेको छ । यसअघि ६ जनामा डिस्चार्ज भइसकेका छन्।

पछिल्ला स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो । शुक्रबार डिस्चार्ज हुनेमा भुल्केकै एक महिलासहित ५ जना, भारतीय जमाति १ जना र विराटनगरका २ जना रहेको सामाजिक विकास मन्त्री जिवन घिमिरेले बताए । 

भुल्केमा समुदायमा समुदायस्तरमा कोरोना देखिएको थियो । निको हुने पाँच‍जना पनि समुदायमै संक्रमित भएका व्यक्तिहरु हुन् । यसअघि दिल्ली घर भएका ६ जना भारतीय जमाति कोरोनामुक्त भएर डिस्चार्ज भइसकेका छन् । लकडाउन जारी रहेका कारण तत्काललाई विराटनगर-१५ स्थित एक मस्जिदमा तयार पारिएको क्वारेन्टाइनमा बसेका छन् । २८ जनामा संक्रमण देखापरेको उदयपुरमा १४ जना उपचार पछि फर्किएका छन् बाँकी १४ जना उपचारका क्रममा रहेको जनाइएको छ ।
 
प्रदेश १ को विराटनगरस्थित कोभिड अस्पतालमा ३१ जना संक्रमितको उपचार भइरहेको थियो । पछिल्ला ८ जनासहित १४ जना निको भएका हुन् । अस्पतालमा १७ जनाको उपचार जारी छ । संक्रमित भएर निको भएका र उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

भुल्केस्थित नुरी मस्जिदमा बसेका १२ भारतीय र ४ विराटनगरबासीमध्ये १ विराटनगरबासी सहित १२ जनामा वैशाख ५ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । त्यही दिन उनीहरुलाई विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा ल्याएर राखिएको थियो । 

प्रकाशित : २०७७ जेष्ठ २३, शुक्रबार १३:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ