राजनिति स्वार्थ नरहेको भन्दै सामाजिक अभियन्ता महेश चौधरी र संगिता कर्माचार्य चौधरीले राहत वितरण गर्दै


राजेन्द्र महतो

लहान । ७३ दिनदेखी जारी लकडाउनले नेपालीको जनजीवन अस्तव्यस्त बनाएको छ । दैनिक मजदुरी गर्नेहरु, अशक्त, बिरामी र बिपन्‍न वर्गका निमित्त राज्यले केहि राहत वितरण गरेपनि त्यति सहज जिवनयापन हुनसकेको छैन् ।


दैनिक मजदुरीको पिडासँगै समस्यामा परेका गरीब तथा विपन्न वर्गका लाई सामाजिक अभियन्ता महेश चौधरी र संगिता कर्माचार्य चौधरी ले विशेष गरी लहान न. पा.वडा १ देखि देखी २४ भित्र रहेका गरीब तथा असहायहरुलाइ सहयोग गरिरहेका छन।
लहान -७ का समाजसेवी जोडी द्वय महेश चौधरी र संगिता कर्माचार्य चौधरीले आफ्नो ब्यक्तिगत सहयोग कतथा केही सहयोगीहरु वाट आजसम्म करिब २५०० घर गरीव तथा बिपन्न वर्गका परिवार लाई २ सय ७५ क्वीन्टल चामल राहत सहयोग गरिसकेको बताएका छ्न।
पुन : लहान न. पा. -१ मा यी जोडीले बिहीबार ४५ जना


दैनिक मजदुरी गर्नेहरु, अशक्त, बिरामी र बिपन्‍न वर्गका हरुलाई प्रति ब्यक्ति १० किलो चामल , १ पोका तेल , १ पाकेट नुन लगायतको राहत सामग्री बितरण गरेका छ्न।
समाजसेवी जोडी द्वय महेश चौधरी र संगिता कर्माचार्य
ले सामाजलाई सेबा गरिरहेको बताउदै मलाई नेताहरु जस्तो राजनितिमा आई पैसा कमाउने लोभ नरहेको उक्त राहत बितरण कार्यक्रम मा बताएका छन।

वहा हरु मानबताको नाताले हामिले यस्ता सहयोग गरिरहेको र यसरी गरिएको समाजसेवा बाट मन आनन्दित भएको समेत बताएका छन।

प्रकाशित : २०७७ जेष्ठ २३, शुक्रबार १४:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ