सिरहामा दाजुभाईसहित पाँच जना कोरोना संक्रमित थपिए


सिरहा । सिरहामा दाजुभाईसहित पाँच जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । भगवानपुर गाउँपालिका–४ मा चार जना र नवराजपुर गाउँपालिकामा एक जना संक्रमित थपिएका हुन् । 

भगवानपुरस्थित बालासुन्दरी माध्यमिक विद्यालयको क्वारेनटाइनमा रहेका २५–२५ वर्षका दुई जना, ३० वर्षका एक जना र हनुमानप्रसाद शारदा माध्यमिक विद्यालयको क्वारेनटाइनमा रहेका २९ वर्षका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य प्रमुख कृष्णदेव यादवले बताए । संक्रमितमध्ये भगवानपुर गाउँपालिका–४ का २५ वर्षीय र ३० वर्षीय पुरुष दाजुभाई हुन् । उनीहरु २ जेठमा भारतको गुडगाउँबाट फर्किएका थिए । फर्किएसँगै क्वारेनटाइनमा बस्दै आएका दाजुभाइको स्वाब ५ जेठमा संकलन गरिएको थियो । उनीहरुसँगै सोही क्वारेनटाइनमा बस्दै आएका भगवानपुर–४ कै २५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण भएको छ ।

भगवानपुर गाउँपालिका–४ का २९ वर्षीय युवकमा पनि कोरोना संक्रमण भेटिएको छ । उनी १५ दिनअघि दिल्लीबाट आएका थिए । सिमाक्षेत्रको नवराजपुर गाउँपालिकाको जनता माध्यमिक विद्यालय सोनवर्षा क्वारेनटाइनमा रहेका एक जनामा पनि संक्रमण पुष्टि भएको छ । भारतको गुडगाउँबाट गत २ जेठमा आएका उनी १८ वर्षीय युवा हुन् । थपिएका सबै संक्रमितको ५ जेठमा स्वाब संकलन गरिएको थियो । राष्ट्रिय प्रयोगशाला काठमाडौंमा परीक्षण गरी सोमवार साँझ रिर्पोट सिरहा आईपुगेको स्वास्थ्य प्रमुख यादवले बताए । उनीहरु सबैलाई महेन्द्र गेनाई अस्पतालको आईसोलेनमा राखिएको छ । यसअघि सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ का ३० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि महेन्द्र गेनाई अस्पतालमा उपचार भइरहेको छ । 

प्रकाशित : २०७७ जेष्ठ २५, आईतवार ०७:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ