सुन चाँदीको भाउ सार्वजनिक हुदै


काठमाडौँ । नेपाल सुन चाँदी व्यवसायी महासंघले आइतबार देखि सुन चाँदीको दर भाउ सार्वजनिक गर्ने भएको छ । यसअघि लक डाउनका कारण उद्योग व्यवसाय बन्द भएकाले सुन चाँदीको भाउ पनि तोकिएको थिएन ।

अब क्रमशः लक डाउन खुकुलो बनाउँदै जाने सरकारको नीति रहेको देखिन्छ । सोही अनुसार निश्चित समय पसल तथा उद्योगधन्दा खुल्ने क्रम सुरु भएकाले सुनको भाउ पनि तोक्न लागिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले विज्ञप्तिमार्फत जनाएको छ ।

यता, सरकारले आगामीआर्थिक वर्ष २०७७-०७८ मार्फत सुनको भन्सार दर बढाएको छ । भन्सार बढेसँगै सुनको मूल्य आकसिने अनुमान गरिएको छ । सरकारले यसअघि प्रति १० ग्राम सुनमा ६ हजार ५ सय रुपैयाँका दरले लाग्दै आएको भन्सार महशुल बजेटमा २ हजार रुपैयाँले बढाएर ८ हजार ५ सय रुपैयाँ पुर्याइएको छ ।

एक तोला सुनमा ११.६६४ ग्राम सुन हुन्छ । जस अनुसार, तोलामा सुनको भाउ अब २३ सय ३२ रुपैयाँले महँगिएको छ । यस्तै, चाँदीमा प्रतिकिलो ७५ हजार रुपैयाँ लाग्ने भन्सार महशुल १० हजारले बढाएर ८५ हजार रुपैयाँ पुर्याइएको छ ।

प्रकाशित : २०७७ जेष्ठ २५, आईतवार १०:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ