सोमवार साह परिवार द्वारा निः शुल्क भोजन


जनकपुरधाम । कोरोना संकटको कारण दैनिक ज्यालादारीमा काम गर्ने बिपन्न परिवारलाई समस्या भएपछि जानकि नगरमा सोमवार दशौ दिन निशुल्क भोजन जारि रहेको छ । जनकपुरउपमहानगरपालिका वार्ड न. ७ जानकी नगरमा बिगत १० देखि निशुल्क भोजन खुवाउने कार्य सुरु भएको छ । श्रीं राम जानकी तेली कुटी द्वारा संचालित निशुल्क भोजन शिबिर सन्चालनमा ल्याएको छ ।

निस्शुल्क भोजन कार्यक्रमका संयोजक श्री राम जानकी तेली कुटी का सम्पुर्ण सदस्यले कोरोना नियन्त्रणका लागि अपनाइएको लकडाउनको कारण कोही भोकै बस्न नपरोस् भनेर निशुल्क भोजन खुवाउन थालिएको बताए । ‘दैनिक एक छाक भोजन गराउदा गरिब तथा बिपन्न परिवारलाई केही भएपनि राहत हुने उद्देश्यले निशुल्क भोजन कार्यक्रम सुरु गरिएको हो, सुरुको दिनमा दुई सयजना घरपरिबारले भोजन ग्रहण गरेको छ ।आउने दिनमा बढने पनि सक्ने बताए । भोजन खुवाउने जिम्मा भने कुटीका सम्पूर्ण सदस्यहरूले लिएका छन् ।

सरकारले भने अनुसार कोरोना भाइरस नियन्त्रणका लागि लागु गर्नुपर्ने दुरी खाना बनाउने काम भएको र भोजन समेत सोही अनुसार बितरण गरिएको उनले जानकारी दिए । त्यस्तै वाडा अध्यक्ष जानकि राम साहले कुटीले सुरु गरेको भोजन लक डाउन सम्म निरन्तर चलिरहने बताए। त्यस्तै सोमवारको सम्पूर्ण छर्च स्थानिय जनकपुरधाम उपमहानगरपालिका ७ मा बस्ने राम नारायण साह र श्री मती चन्द्र्कला देवी साहले दिएको थियो । निशुल्क भोजन कार्यक्रममा मेयर लाल किशोर साह, नेता मनोज चौधरी, लगायतका उपस्थिती थियो ।

प्रकाशित : २०७७ जेष्ठ २६, सोमबार २१:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ