विभिन्न ब्राण्डको मदिरा बरामद


धनुषा । कमला नगरपालिका-४ साघरा चोकबाट करिब १ लाख ३४ हजार मूल्य रुपैयाँ बराबरका विभिन्न ब्राण्डको मदिरा सोमबार राति प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय खजुरी र प्रहरी चौकी बल्हागोठबाट खटिएको प्रहरीले जनकपुरबाट साघरातर्फ जाँदै गरेको ज.१ च ९४९ नम्बरको गाडी जाँच गर्न खोज्दा चालक फरार भएकोले उक्त गाडी नियन्त्रणमा लिई तलासी गर्दा उक्त मदिरा फेला पारी बरामद गरेको हो ।

फरार चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : २०७७ जेष्ठ २७, मंगलवार १५:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ