एम्बुलेन्समा गांजा तस्करी गर्ने तीन तस्कर पक्राउ


सन्तोष यादव,

जनकपुरधाम । विरामी बोक्ने एम्बुलेन्समा लागुऔषध गांजा तस्करी गर्ने तीन तस्करलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा एम्बुलेन्स चालक सर्लाही लालबन्दी नगरपालिका-१५ बस्ने २३ वर्षीय जित बहादुर वाईवा, सोही ठाउँ बस्ने २२ वर्षीय दिल बहादुर वाईवा र पर्सा बहुदरमाई नगरपालिका-५ भौराटार बस्ने ३२ वर्षीय हरिशंकर महतो रहेका छन् ।

उनीहरु ना.४ च ८५९९ नम्बरको एम्बुलेन्स र ५६ किलो गांजासहित पक्राउ परेका हुन् । वीरगंज महानगरपालिका २७ रामपुर टोलमा प्रहरीले मंगलबार राति चेकजांच गर्दा एम्बुलेन्सबाट गांजा बरामद भएपछि उनीहरुलाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयका एसपी जयराज सापकोटाले बताए ।

उनका अनुसार तस्करीमा संलग्न उक्त एम्बुलेन्स बाराको सिमरास्थित अल्पाईन मेडिकल कलेज टिचिङ हस्पिटलको रहेको छ । गांजा कहांबाट ल्याएको र कहां लग्दै थिए भन्ने विषय खुल्न सकेका छैन । एम्बुलेन्स संचालन गरेको संस्था र पक्राउ परेकामाथि अनुसन्धान पर्सा प्रहरीले गरिरहेको एसपी सापकोटाले जानकारी दिए ।

प्रकाशित : २०७७ जेष्ठ २८, बुधबार १६:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ